गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रादेशिक रोग नियन्त्रण केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

निर्देशक

मन मोहन मिश्र

गुनासो सुन्ने अधिकारी

डा. विश्‍वराज बराल


pcdcgandaki@gmail.com

सूचना अधिकारी

भुप देव भट्ट


pcdcgandaki@gmail.com

हाम्रो परिचय

पृष्ठभूमि

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/०५ को निर्णय अनुसार साविकको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाप्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रलाई एकिकृत गरी प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखरा, कास्कीको स्थापना भएको हो ।

साविकका कार्यालयहरूको ऐतिहासिक पृष्ठभूमि

साविक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला: मिति २०७६/०६/१५ मा स्थापना भई स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित यस प्रदेशकै प्रमुख प्राविधिक तथा प्रशासनिक इकाईको रूपमा रहेको थियो। यसले प्रदेश स्तरीय प्रयोगशालाहरूको सञ्जालमार्फत गण्डकी प्रदेशमा आधुनिक प्रविधिको विस्तार, प्रयोगशालाको स्तरोन्नति, प्रयोगशालाकर्मीहरूको दक्षता अभिवृद्धि, नियमित अनुगमन तथा असल प्रयोगशाला अभ्यास (Good Laboratory Practice - GLP) को प्रवर्द्धन गर्दै उत्कृष्ट स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्दै आएको थियो ।

साविक प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र: बि.सं. २०४६ सालमा नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को द्विपक्षीय सहयोगमा "क्षेत्रीय क्षयरोग केन्द्र" (RTC) को रूपमा स्थापित यस संस्थाको गौरवमय इतिहास रहेको छ। प्रारम्भिक चरणमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि र माइक्रोस्कोपी परीक्षणमा केन्द्रित यस केन्द्रले समयक्रमसँगै DOTS रणनीति कार्यान्वयन, GeneXpert जस्ता आधुनिक प्रविधिमार्फत क्षयरोग निदान, बहुऔषधि प्रतिरोधी क्षयरोग (MDR-TB) को व्यवस्थापन, अनुसन्धान, र औषधि वितरणमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरसँग समन्वय गरी पश्चिमाञ्चल क्षेत्रमा क्षयरोग उन्मूलनका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको थियो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रको कार्य विवरण

प्रादेशिक रोग नियन्त्रण केन्द्र अन्तर्गत जनस्वास्थ्य प्रयोगशाला र रोग उपचार तथा नियन्त्रण सम्बन्धी शाखाहरु रहनेछन् । जनस्वास्थ्य प्रयोगशाला प्रादेशिक रिफरेन्स प्रयोगशालाको रुपमा रहनेछ । प्रादेशिक रोग नियन्त्रण केन्द्रको शाखागत कार्यविवरण निम्नानुसार रहेको छ ।

  • नसर्ने रोग प्रयोगशाला शाखा

  • नसर्ने रोगहरु (मधुमेह, क्यान्सर, सिकलसेल एनेमिया, थालासेमिया; मुटु, मृगौला, कलेजो सम्बन्धी रोगहरु; मेटाबोलिक,हर्मोनल आदि रोगहरू) को प्रयोगशाला परीक्षण, निदान तथा प्रदेशस्तरीय प्रेषण प्रयोगशालाको रुपमा सेवा प्रवाह  गर्ने

  • नसर्ने रोगसम्बन्धी प्रयोगशाला परीक्षणको क्षेत्रमा अनुसन्धनात्मक गतिविधि सञ्चालन  गर्ने तथा अनुसन्धानबाट प्राप्तनतिजाहरू सम्बन्धित निकायमा आदान प्रदान  गर्ने

  • प्रदेशमा नसर्ने रोग निगरानी प्रणालीलाई थप सुदृढीकरण गर्न सरोकारवाला निकायसँग समन्वय  गर्ने

  • प्रदेशस्तरमा नसर्ने रोग प्रयोगशाला सेवाको सुदृढीकरणका लागि आवश्यक नीति, ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड,प्रोटोकल आदि निर्माण, कार्यान्वयन र अद्यावधिक गर्न मन्त्रालयलाई सहयोग  गर्ने

  • नमूना संकलन, परीक्षणसँग सम्बन्धित अभिलेखीकरण तथा अन्य प्राविधिक सहयोग सम्बन्धी कार्यहरू  गर्ने।

  • सर्ने रोग प्रयोगशाला शाखा

  • क्षयरोग परीक्षण एवं निदान सम्बन्धी सम्पूर्ण सेवाहरु तथा एच.आई.भी. सम्बन्धी (भाइरल लोड, CD4, EID, HBSAg,HCV आदि) प्रयोगशाला परीक्षण, निदान तथा प्रदेशस्तरीय प्रेषण प्रयोगशालाको रुपमा सेवा प्रवाह  गर्ने

  • झाडापखालाजन्य रोगहरू, श्वास प्रश्चास सम्बन्धी रोगहरू, जुनोटिक रोगहरू र खोपबाट बचाउन सकिने रोगहरु तथा अन्यसंक्रामक रोगहरूको प्रयोगशाला परीक्षण, निदान तथा प्रदेशस्तरीय प्रेषण प्रयोगशालाको रुपमा सेवा प्रवाह  गर्ने

  • प्रतिजैविक प्रतिरोध (AMR) सम्बन्धी प्रयोगशाला परीक्षण  गर्ने· खाद्य सामग्री तथा पानीको गुणस्तर परीक्षण तथा निगरानी सम्बन्धी कार्य  गर्ने

  • प्रदेशस्तरमा संक्रामक रोगहरुको निगरानी सम्बन्धी कार्यमा सहयोग र समन्वय गरी संक्रामक रोगसम्बन्धीअनुसन्धानात्मक गतिविधि सच्चालन  गर्ने तथा अनुसन्धानबाट प्राप्त नतिजाहरू सम्बन्धित निकायमा आदान प्रदान  गर्ने

  • प्रदेशस्तरमा संक्रामक रोग प्रयोगशाला सेवाको सुदृढीकरणका लागि आवश्यक नीति, ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड,प्रोटोकल निर्माण, कार्यान्वयन र अद्यावधिक गर्न मन्त्रालयलाई सहयोग  गर्ने

  • नमूना संकलन, परीक्षणसँग सम्बन्धित अभिलेखीकरण तथा अन्य प्राविधिक सहयोग सम्बन्धी कार्यहरू  गर्ने ।

  • प्रयोगशाला गुणस्तर तथा नियमन शाखा

  • संक्रामक रोग, नसर्ने रोग तथा रक्त सज्चार सेवासँग सम्बन्धित प्रयोगशाला परीक्षणहरूको गुणस्तर सुनिश्चितताका लागिगुणस्तर नियन्त्रण (QC) नमूना तयार तथा व्यवस्थापन  गर्ने

  • गुणस्तर नियन्त्रण नमूनाहरू नियमित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत वितरण गरी बाह्य गुणस्तर मूल्याड्कन (EQA) प्रणाली सच्चालन  गर्ने

  • प्रदेश अन्तर्गतका विभिन्न प्रयोगशालाहरूबाट प्राप्त गुणस्तर परीक्षण नतिजाहरूको संकलन, विश्लेषण, मूल्याङ्कन तथासुधारात्मक पृष्ठपोषण प्रदान  गर्ने

  • सरकारी तथा गैरसरकारी प्रयोगशालाहरूको निरीक्षण तथा अनुगमन गरी सेवा गुणस्तरको प्रत्यक्ष मूल्याङ्कन गरी पृष्ठपोषण गर्ने

  • प्रयोगशाला सम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्राविधिक सहयोग प्रदान  गर्ने• प्रदेशभित्रका प्रयोगशालाहरूलाई विश्व स्वास्थ्य संगठन, ISO वा अन्य मान्यता प्राप्त निकायबाट प्रमाणीकरण/मान्यता प्राप्तगर्न आवश्यक सहजीकरण  गर्ने

  • मापदण्ड अनुसार निजीस्तरमा सञ्चालित प्रयोगशालाहरुको दर्ता, सच्चालन अनुमति प्रदान, नविकरण, अनुगमन एवं गुणस्तरनियन्त्रण सम्बन्धी कार्यहरु  गर्ने।

  • क्षयरोग उपचार शाखा

  • क्षयरोग सम्बन्धी उपचारात्मक सेवा प्रदान  गर्ने

  • क्षयरोगको स्क्रिनिड लगायत अन्य क्षयरोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहजीकरण  गर्ने

  • क्षयरोग निदान,उपचार, नियन्त्रण लगायत विरामीको व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरमा भएका नविनतम प्रविधि तथा प्रगतिको आधारमा आवश्यक तालिम तथा प्राविधिक सहयोग प्रदान  गर्ने

  • प्रदेश भित्रका डी.आर. होम र होस्टेल व्यवस्थापन एवं अनुगमन  गर्ने• औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग तथा औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी सेवाहरुकोअनुगमन, मुल्याङ्कन तथा अनुसन्धानात्मक कार्यहरू  गर्ने

  • क्षयरोगको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी आवश्यक प्रादेशिक नीति, रणनीति तयार गर्न मन्त्रालयलाई सहयोग  गर्ने।

  • रोग निगरानी तथा नियन्त्रण शाखा

  • सरुवा रोग, नसर्ने रोग एवं प्रकोपजन्य रोग (उपेक्षित एवं किटजन्य रोगहरु, जलवायु संवेदनशील रोगहरु, खोपबाटबचाउन सकिने रोगहरु, आदि) को एकीकृत रोग निगरानी सम्बन्धी कार्य  गर्ने· विपद तथा महामारीको अवस्थाको लागि पूर्वतयारी, जोखिमको न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नसमन्वय  गर्ने

  • प्रदेशमा प्रयोगमा भइरहेका सम्पूर्ण निगरानी प्रणाली (SORMAS, EWARS, MDIS, आदि) प्रणालीको दैनिक निगरानी गरीआवश्यकतानुसार पृष्ठपोषण प्रदान  गर्ने तथा महामारी एवं प्रकोपजन्य रोगको जोखिम आंकलन गरी PHEICC लाईजानकारी प्रदान  गर्ने

  • भेक्टर म्यापीड, भेक्टर सर्भिलेन्स तथा भेक्टर सम्बन्धी अध्ययन तथा अनुसन्धान  गर्ने• प्रतिजैविक औषधीको उचित प्रयोग र प्रतिजैविक प्रतिरोध सम्बन्धी निगरानी  गर्ने

  • खानेपानीको गुणस्तर निगरानीमा सहजीकरण एवं एक स्वास्थ्य तथा वातावरणीय स्वास्थ्य सम्बन्धी कार्यहरु  गर्ने· प्राथमिकता प्राप्त विभिन्न रोगहरुको Field investigation /Epidemiological study गर्न जिल्ला स्तरीय निकाय एवं स्थानीयतहलाई प्राविधिक सहयोग  गर्ने

  • प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापनं केन्द्रसँग समन्वय गरी रोग नियन्त्रण कार्यक्रमहरूको लागि आवश्यक औषधि, खोप,उपकरण आदिको म्यापिड, व्यवस्थापन र वितरणभएको सुनिश्चित  गर्ने

  • प्रदेशमा सञ्चालित सर्ने तथा नसर्ने रोगहरु को स्किरिनिड कार्यकमहरुको वार्षिक एकीकृत प्रतिवेदनको तयारी र प्रबोधिकरण गर्ने

  • रोग निगरानी सम्बन्धी प्रादेशिक बुलेटिन नियमित रुपमा प्रकाशन  गर्ने

  • प्रदेश भित्र स्वास्थ्य संस्थाहरुमा रोग निगरानी सम्बन्धी कार्यहरुको अनुगमन, सुपरिवेक्षण एवं पृष्ठपोषण प्रदान  गर्ने

  • प्रदेश स्वास्थ्य आपतकालीन एवं सूचना तथा सच्चार केन्द्र (PHEICC) को समन्वयमा रोग नियन्त्रण तथा निगरानीसम्बन्धी कार्य  गर्ने।

  • प्रशासन शाखा

  • आन्तरिक कर्मचारी प्रशासन, आन्तरिक कार्य विभाजन, हाजिरी,विदा, रमाना, पालो पहरा र खटनपटनको व्यवस्थापन  गर्ने

  • कार्यालयमा कार्यरत कर्मचारीको व्यक्तिगत फाइल अद्यावधिक तथा अभिलेख व्यवस्थापन  गर्ने

  • निकासा भएको रकमको खर्चको हिसाव किताव रीतपूर्वक राखे तथा खर्चको फाटवारी तथा आर्थिक विवरण तयार  गर्ने

  • लेखापरीक्षणबाट कायम हुन आएको बेरुजुको लगत राखे र बेरुजु फछयौट गर्न प्रमाण जुटाई पेश  गर्ने

  • कार्यालय भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रबन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।


समाचार तथा गतिविधि