हाम्रो परिचय
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित यस प्रदेशकै प्रमुख प्राविधिक तथा प्रशासनिक इकाई हो। यस कार्यालयले प्रदेश स्तरीय प्रयोगशालाहरूको सञ्जालमार्फत गण्डकी प्रदेशमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ स्वास्थ्य प्रयोगशाला सेवा (निदान र जनस्वास्थ्य दुवैसँग सम्बन्धित) प्रदान गर्दै आइरहेको छ।
यस कार्यालयका मुख्य जिम्मेवारी तथा कार्यहरू निम्नानुसार रहेका छन्:
-
प्रयोगशालाको स्तरोन्नति: आवश्यकता अनुसार नयाँ प्रविधि, सुविधाहरू थप र अपग्रेड गर्दै लैजाने।
-
नयाँ प्रविधिको विस्तार: अन्य प्रयोगशालाहरूमा समेत आधुनिक तथा भरपर्दो परीक्षण प्रविधिहरू स्थापना र विस्तार गर्ने।
-
दक्षता अभिवृद्धि: प्रदेशभरिका प्रयोगशालाकर्मीहरूका लागि स्वास्थ्य तालिमको प्रभावकारी कार्यान्वयन र सुनिश्चितता गर्ने।
-
अनुगमन तथा सुदृढीकरण: नियमित अनुगमन तथा मूल्याङ्कन मार्फत स्वास्थ्य प्रयोगशाला सेवाहरूको समग्र क्षमता सुदृढ बनाउने।
-
गुणस्तरीय उपकरण खरिद: गुणस्तरीय परीक्षणका लागि आवश्यक पर्ने आधुनिक उपकरणहरू व्यवस्थापन तथा खरिद गर्ने।
-
उत्कृष्ट अभ्यास (GLP) को प्रवर्द्धन: प्रदेश अन्तर्गतका सम्पूर्ण प्रयोगशालाहरूमा 'गुड ल्याबोरेटोरी प्र्याक्टिस' (GLP) अर्थात् असल प्रयोगशाला अभ्यासको मापदण्ड स्थापित गर्ने।
7
